जनक राजवंशी । हल्दिबारी, १८ असोज । देउनिया क्रिकेट टिमद्वारा आयोजित खुल्ला सुपर १५ क्रिकेट प्रतियोगिता आज चोथो दिनको पहिलो खेल डि सि टि ब्लु र देवकोटा क्रिकेट टिम बिच भएको थियो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको डि.सि.टि. ब्लु ले निर्धारित १५ ओभरमा बिकास जवेगुको ३२ रनको मदतमा सवै विकेट गुमाउदै ८७ रनको योगफल खडा गरेको थियो । देवकोटा किंकेट टिमका विवेक रिजालले २ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा देवकोटा क्रिकेट टिमले १२ ओभरमा सवै विकेट गुमाउदै ७० रन मात्र बनाउन सकेको थियो। धारीलो बलिङ्ग गरेका बसन्त कोइरालाले ३ ओभरमा ७ रन दिदै ४ विकेट लिन सफल भए र उनि खेलको म्यान अफ दि म्याच घोषित भए ।

त्यसैगरी आजै भएको दोस्रो खेल इ.सि.टि. र पठाओ युनाइटेड इलेभेन क्रिकेट टिम बिच भएको थियो । टस जितेर पहिलो ब्याटिङ्ग रोजेको इ.सि.टि. ले निर्धारित १५ ओभरमा सुरज निरौलाको ५७ रनको मदतमा ९ विकेट गुमाउदै १२४ रनको योगफल खडा गरेको थियो । जवाफि ब्याटिङ्गमा उत्रिएको पठाओ युनाइटेड इलेभेनले उमेश महतोको ५० रनको मदतमा ५ विकेट गुमाउँदै लक्ष्य पार गर्न सफल भयो । बलिङ्ग तर्फ इ.सि.टि.का क्षितिजले ३ विकेट लिन सफल भए । उत्कृष्ट ब्याटिङ्ग गरेका उमेश महतो खेलका म्यान अफ द म्याच घोसित भए ।

त्यसैगरी भोली हुने पहिलो क्वाटर फाइनल खेलमा भागडुव्वा र ढडुवा क्रिकेट क्लव र दोस्रो क्वाटर फाइनल खेलमा डि.सि.टि. रेड र मेचि सुपर किङ्गस बिच हुने छ । खुल्ला सुपर १५ क्रिकेट प्रतियोगितामा विजेता हुने टिमले नगद रु.५०,०००।– धनराशी साथै मेडल ट्रफी पाउने छन् भने उप विजेता टिमले रु.३०,०००।– , मेडल र ट्रफी पाउने छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
2
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार