मोरङ, २० असोज । मोरङको रतुवामाई नगरपालिका-१ र २ बाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

असोज १९ गते अपरान्ह इलाका प्रहरी कार्यालय सिजुवा र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरीले रतुवामाई-२ स्थित को.२०प ८४८२ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक १९ वर्षीय उमेश परियार र पछाडि सवार २६ वर्षीय बसन्त राईलाई ब्राउन सुगर ७ ग्राम ८१० मिलिग्राम सहित पक्राउ गर्यो।

त्यसैगरी, रतुवामाई-१ स्थितबाट झापा शिबसताक्षी-८ का २२ वर्षीय बिवस लिम्बुलाई प्रतिबन्धित औषधी BIOSPAS‍, NITRAZEPAM र TRAMNIL गरी जम्मा २२९ ट्याब्लेट सहित पक्राउ गरिएको छ। लागुऔषध सहित पक्राउ परेका व्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार