अभिषेक खतिवडा/कमल। झापाको कमल गाउँपालिका वडा नं ५ मा रहेको पाडाजुङ्गी – गौरदाह सडक खण्डमा पर्ने मङ्गलबारे बजारमा देशकै राष्ट्रिय खेल भलिबलको खेलाडीले बल सर्भिस गर्ने लागेको शालिक बन्ने भएको छ ।

मङ्गलबारेमा रहेको सगुन युवा क्लवको अगुवाइमा स्थानीय युवाहरु बाट संकलित रकमबाट उक्त शालिक निर्माणको काम सम्पन्न हुने जानकारी प्राप्त भएको छ ।

आज एक कार्यक्रमका बिच कमल गाउँपालिका का अध्यक्ष हुकुम सिंंह राईले सो आयोजनाको विधिवत रुपमा शिलान्यास गर्नु भएको छ । उहाँ क्लवका संस्थापक अध्यक्ष रह्नु भएको समेत बताइएको छ ।

२०५६/०१/१९ गते झापा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सगुन युवा क्लबले बिगत २८ बर्ष देखि स्थानिय स्तरीय ,पालिका स्तरीय ,जिल्ला स्तरीय , तथा अन्तराष्ट्रिय स्तरका भलिबल प्रतियोगिताहरु संचालन गर्दै आएको र देश मै छुटै खालको ख्याति कमाएको छ ।नेपालमा जुन बेला आधुनिक भलिबल खेल देश मै धरासायी भएको अवस्था थियो।त्यो बखत कमलमा सगुन युवा क्लवले भलिबलको संरक्षणमा खेलेको भुमिकालाई सम्मान र सम्झनामा खेलाडीको शालिक निर्माण गरिएको पुर्वराष्ट्रिय भलिबल खेलाडी तथा सगुनका सचिव राेशन दाहालले दावी गर्नु भएको छ ।

क्लवले कमलमा नेपालको राष्ट्रिय खेल भलिबल खेलाडी(अमुख ब्यक्ति)को शालिक आउँदै गरेको चाड दशै भन्दा अगाडि नै सम्पन्न गर्ने कोसिस गरिरहेको समेत दाहालले जानकारी दिएका छन।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार