हल्दिबारी प्रहरी चौकीले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुरक्षा योजना तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। संविधान सभा सदस्य माननीय मोहन टुडुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश कटुवालले अध्यक्षता गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि टुडु, संविधान सभा सदस्य माननीय पूर्ण प्रसाद राजवंशी, हल्दिबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी मैनाली, वडा नम्बर २ का अध्यक्ष सुकलाल राजवंशी, नेपाली काँग्रेस हल्दिबारी गाउँ समिति सभापति गंगा प्रसाद प्रसाईं, नेकपा एमाले हल्दिबारी गाउँकमिटि सचिव हरिकृष्ण अधिकारी, पूर्व वडा सदस्य खकेन राजवंशीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
अन्तरक्रिया कार्यक्रमले चाडपर्वमा शान्ति सुरक्षा कायम गर्न होटल सञ्चालन राति ९ बजे सम्म मात्र गर्न दिने, ढाईस र जुवातास खेल्न नदिने लगायतका निर्णयहरू गरेको छ।