एक्सेल डेभलपमेण्ट बैंकद्वारा फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण कार्यक्रम सम्पन्न ।

एक्सेल डेभलपमेण्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रम अन्तर्गत उर्लाबारी नगरपालिका अन्तर्गत उर्लाबारी बजार भित्रका विभिन्न स्थानहरूमा २० थान डस्टबिन वितरण गरिएको छ ।

कार्यक्रममा अतिथिका रुपमा उर्लाबारी नगरपालिका प्रमुख श्री गङ्गा प्रसाद खरेल, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सेराङ्ग लिम्बू, उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शेर बहादुर भण्डारी ले बैंकको यस पहललाई धन्यवाद दिदैँ बजारको सफाई र फोहोर व्यवस्थापनमा यस प्रकारको योगदान अत्यन्तै सराहनीय भएको साथै उहाँहरु यस बैंकसँग सहकार्य गर्दै अगाडि बढ्न चाहने बताउनु भयो । साथै बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले स्थानीय बैंक भएको नाताले हरेक स्थानीय निकायहरू सङ्ग सहकार्य गरि सामाजिक उत्तरदायित्वका कार्यहरूमा सहभागिता जनाउदै जाने प्रतिबद्धता जनाउनु भयो ।
साथै बैंकले आफ्ना ४७ वटा शाखा सन्जालहरु मार्फत प्रतिस्पर्धी ब्याजदरमा कर्जा प्रवाह भैरहेको समेत जानकारी गराउनु भयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार