हल्दिबारी । जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम विवरणअनुसार, हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी स्थानहरूमा मौसम सफा रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ, र आज दिउँसो पनि कोशी र मधेस प्रदेशका साथै पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारण बदलीको स्थिति रहनेछ।

देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। आज राति कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशका पहाडी भागहरूमा मौसम आंशिकदेखि साधारण बदली रहने छ। बाँकी भूभागमा मौसम सफा रहने अपेक्षा गरिएको छ।

अगामी २४ घण्टामा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना विशेष गरी कोशी प्रदेश र केही पहाडी स्थानहरूमा रहन्छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार