हल्दिबारी गाउँपालिका वडा नं ४ को झडकन खोला उत्तरस्थित तारा तामाङको घरमा आज बिहान चोरी भएको छ।

बिहान ४:३० बजे उनी मासु किन्न बिर्तामोड गएका बेला घरमा सुन, चाँदी, नगद, र महत्त्वपूर्ण कागजातहरू चोरी भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार १ तोला सुन, ७ तोला चाँदी, नगद १८ हजार, जग्गा धनी पुर्जा, नागरिकता लगायतका कागजात रहेका छ्न ।

जलथल प्रहरी चौकीका प्रमुख ओमराज पौडेल सहितको टोलीले आवस्यक छानबिन गरि चोरी गर्ने व्यक्तिको खोजी जारी रहेको जनाएको छ। चाडपर्वको मुखमा यस घटनाले स्थानीय बासिन्दामा सुरक्षा सम्बन्धी चिन्ता बढाएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
2
+1
1
+1
8
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार