झापा, भद्रपुर १० स्थित हनुमान चोकमा विहीबार राति भएको मोटरसाइकल दुर्घटनामा २४ वर्षीय आलोक भण्डारीको ज्यान गएको छ। प्र १–०१–१४ प ९९३ नम्बरको २२० सीसी पल्सर र मे ८ प २८३७ नम्बरको यूनिकन मोटरसाइकल एक आपसमा ठोकिँदा आलोकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनामा आलोकले चलाएको पल्सरको पछाडि रहेका २४ वर्षीय बिपान्सु राउत र २५ वर्षीय संजीव गिरी घाइते भएका छन्। आलोकलाई अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए, जबकि अन्य घाइतेको उपचार बिर्तामोडको बिएण्सी अस्पतालमा भइरहेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
2
+1
0
+1
25
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार