डडेल्धुरामा भएको रात्रिबस दुर्घटनामा चार जनाको मृत्यु र १२ जना घाइते भएका छन्। महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी जाँदै गरेको बस अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो। घटनामा दुई महिला, एक पुरुष र एक शिशुको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ।

मृतकहरूमा ४५ वर्षीया जयमति बोहरा, २० वर्षीया कमला बोहरा, निजका छोरा र २२ वर्षीय सहदेव बोहरा छन्। बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते छन् र उनलाई धनगढीमा उपचारका लागि पठाइएको छ। अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले चालकको निद्रा दुर्घटनाको मुख्य कारण भएको अनुमान गरेका छन्।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार