हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभावले मौसममा आंशिकदेखि साधारणतया बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मधेस र लुम्बिनी प्रदेशलगायतका पहाडी भागमा पनि बदली देखिएको छ भने बाँकी क्षेत्रको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा छ।

आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहन सक्ने अनुमान गरिएको छ भने बाँकी भागमा आंशिक बदलीको सम्भावना छ। गण्डकी, कोशी, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना छ।

आज राति भने कोशी, गण्डकी, र सुदुरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य भागमा मौसम सामान्यतया सफा रहनेछ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार