हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नम्बर २ का २५ बर्षिय बिष्णु राजवंशीलाई लागू औषधि सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज दिउँसो १४:५० बजेको समयमा जिल्ला झापा भद्रपुर नगरपालिका वडा नम्बर ३ झोलुङ्गे पुल स्थित स.प्र.बल नेपाल BOP महेशपुरबाट दिएको गोप्य सुचनाको आधारमा प्रहरी टोली सहित खटिएको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मे ११ प ९६४७ नम्बरको कालो पल्सर मोटरसाईकलमा सवार राजवंशीलाई मुख भित्र प्लाष्टिकले पोका पारी लुकाइ छिपाइ ल्याउँदै गरेको लागु औषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लाष्टिक सहित २ ग्राम ५६० मिलिग्राम र प्लाष्टिक बाहेक १ ग्राम ९५० मिलिग्राम र मोटरसाईकल सहित नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्ण कुमार चन्दले जानकारी दिनु भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार