कविता: “स्वर्ग जस्तो देश नेपाल”

पहाडमा जडिबुटी हिमालमा हिउँ टन्न
तराईको मोती दाना जस्तै बाली छ अन्न।।

हिमालको डाँफे मुनाल कोइलीको मधुर स्वर
लाग्छ मन सुन्न सबमा फेरि कुहु कुहु धेर।।

चार जात छत्तीस वर्णकै फूलबारी छ टन्न।
सक्नु पर्छ हामीले एउटै माला गाँसेर उन्न।।

हाम्रा नसाहरुमा नदीनाला बगेका छन् टन्न।
गौरव नै लाग्छ मलाई नेपाल र नेपाली भन्न।।

सूर्य चन्द्र रहे सम्म नेपाल नेपालीकै रहन्छ।
जहाँ गए पनि हामी नेपाल नेपाली नै कहन्छ।।

वीरहरुको रगतले लेखिएका छन् सब गाथा
सहिदहरुको सपनाले कोरिएका छन् कथा ।।

एक मुठी माटो राखेर हेर आफ्नै छातीमा
गर्वले ढक्क फुल्छ है मुटु नै चारै जातीमा।।

गर्व लाग्छ मलाई सधै नेपाल र नेपाली हुँदा ।
अन्न बाली सुन बन्ने छ यी कर्मठ हातले छुदा ।।

कर्णालीको जडीबुटी तराईको मोती जस्तै अन्न
सबै मिली विकास गरौ सक्छ यो देश स्वर्ग बन्न।।

पहाडमा फुल्ने लाली गुराँस बेँसीमा फुल्ने जाई
विकासको मुल फुटाउ देश भित्रै पसिना बगाइ।।

यही धर्तीमा रम्न सके रम्छ आफ्नै देश नेपाल
भाइ भाइ मिली बनाउनु छ आफ्नै देश विशाल।

धर्तीकै स्वर्ग जस्तो देश छ हाम्रो एक मात्रै नेपाल
मेचीलाई दुख्दा महाकाली रुने एउटै मुटु विशाल।

 ✍ राज कुमार कार्की
मे न पा-१५, झापा ।
धन्यवाद ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार