(फाइल तस्विर) संखुवासभाको चैनपुरमा गङ्गामाया खनाल नामकी ६० वर्षीया महिला आफ्नो घरदेखि अन्दाजी २ सय मिटर टाढा रहेको अलैचीबारीमा मृत अवस्थामा फेला परेकी छन्। उनी हिजो दिउँसो घाँस काट्न गएकी थिइन् तर घर नफर्केपछि परिवारले खोजीकार्य थालेको थियो।

दिउँसो ४:५० बजे उनका बुहारी चित्रकुमारी बोगटी खनालले गङ्गामायालाई अलैचीबारीमा लडिरहेको अचेत अवस्थामा फेला पारिन् र तुरुन्तै आफन्तलाई जानकारी गराइन्। घरमा ल्याउँदा गङ्गामायाको मृत्यु भइसकेको पुष्टि गरिएको छ। प्रहरीको भनाइ अनुसार, उनी उच्च रक्तचापबाट पीडित थिइन् र औषधि सेवन गरिरहेकी थिइन्।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार