हल्दीबारी गाउँपालिका वडा नं. ३ ले वडा र किसानको ५०÷५० लागत साझेदारीमा कृषि औजार बितरण गर्न लागेको छ । वडाको सिलिङ्ग बजेट ६ लाख र किसानको साझेदारी अन्र्तगत ६ लाखबाट किसानहरुकै माग अनुसार कृषि औजार बितरण गर्न लागेको वडा अध्यक्ष विष्णु प्रसाद ओलीले जानकारी दिनु भयो ।

अध्यक्ष ओलीका अनुसार किसानको माग अनुसार सिचाई मोटर मकै छोडाउने, रोप्ने मेसिन, चाप कटर, व्हुल ब्यारो र स्प्रे टेङ्की रहेका छन् । वडाले सार्वजनिक सुचना जारि गरेर किसानहरुलाई आवश्यक कृषि औजारहरुका लगि निवेदन गर्न आवह्वान गरेको थियो ।

निवेदन परेका कृषहरुको छनौट गरि मंसिरमा किसानहरुलाई आवश्यक कृषि औजार उपलव्ध गराउने प्रकृया अगाडी बढाइएको वडा कार्यालयले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार