झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर १ गोलधाप बजारस्थित गजेन्द्र काङबाङको घरमा जुवा खेलिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो राति २२ः३० बजेको समयमा १३ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले छापा मार्दा १६ थान कौडा, ४६९ थान तास, खाल, काठको फ्रेम, ११ थान स्क्रिन टच मोबाइल, २ थान किप्याड मोबाइल, र नगद ८३,२८५ रुपैयाँ बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमा यज्ञराज त्रिताल, बिर बहादुर गुरुङ, रामनाथ साह, भानुभक्त नेपाली, अशोक राई, सरोज दाहाल, प्रकाश गिरी, राजन चुडाल, राजेन्द्र तुलाधर, माधव भट्टराई, रामबाबु राउत, विशाल अधिकारी र सुबास न्यौपाने रहेका छन्। हाल प्रहरीले उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
3
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार