दमक । झापा जिल्लाको दमकमा जग्गा विवादका कारण भएको झडपमा ३७ वर्षीय यमु निरौलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार, दमक वडा नं। ९ निवासी निरौलालाई ढुङ्गा प्रहारबाट गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि आम्दा अस्पताल दमकमा पुर्याइए पनि उपचारकै क्रममा निधन भएको हो।

यो घटनामा दुई पक्षबीच मङ्गलवार साँझ जग्गा सम्बन्धी विवादले झडप भएको थियो। झडपको क्रममा ढुङ्गा प्रहार भएपछि निरौला गम्भीर घाइते बनेका थिए। इलाका प्रहरी कार्यालय दमकका अनुसार घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया तीव्र पारिएको छ तर पक्राउ परेकाहरूको पहिचान सार्वजनिक गरिएको छैन।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार