कविता: “देउसीरे”

उसले सानै उमेर देखि देउसी खेल्यो,
कहिले वली राजाले पठाए उसलाई,
कहिले घर परिवारले पठाए,
कहिले स्कुलमा कार्यक्रममा खेल्यो
उसले सबैतिर आशिष पनि दियो,
अर्को साल देउसी खेल्न आउँदा
घर दरबार जत्रो बनोस् भन्दै।
उसले यो आशिष हरेक साल दियो
देउसेले दिएको आशिष लागोस् भन्दै
तर घर दरबार बन्न सकेनन
तर पनि
उ अझै वली राजाको हुकुमले
देउसी खेल्दै छ,
घरलाई दरबार बनाइदिन ।

अर्जुन दाहाल
गाैरादह–३, झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार