बुटवल  । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको दशौँ दिन बुधबार १२ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको यात्रामा बुधबार २ बालिका सहित १२ जनाको उद्धार भएको हो । बुधबार मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत भरतपुर,  सिजी, कावासोत, चोरमारा, दुम्कीबास, क्षेत्रमा उद्धार टोली खटिएको हो ।

मंगलबार रातिको सडक सेवामा खटिएको उद्धार टोली  चितवन खैरहनी नगरपालिका –१ ज्यामिरे बाट ४५ वर्षीय आमा र  ११ वर्षीय छोराको उद्धार गर्न सफल भएको हो ।  साथै बुधबार बिहान भरतपुर महानगरपालिका–१ बाट २ जना महिला गरि चितवनबाट ४ जनाको  उद्धार गरएको छ । त्यस्तै गैँडाकोट नगरपालिका–१० बाट १ जना, देवचुली नगरपालिका–१३ बाट १ जना, कावासोती नगरपालिका–८ २ जना, मध्यबिन्दु नगरपालिका–७ चोरमाराबाट २ बालिका सहित ५ जना र विनयी त्रिवेणी गाउँपालिका–२ बाट १ जना गरि बुधबार १२ जनाको उद्धार भएको छ । नवलपरासी पूर्वबाट उद्धार हुनेको सङ्ख्या १० रहेको छ ।

त्यस्तै उद्धार गरिएको १२ जनालाई आजै मानवसेवा आश्रम चितवन सेवाकेन्द्रमा संरक्षणको लागि लगिएको छ । असोज २८ गते मेचीनगरदेखि सुरु भएको यात्राको दशौँ दिनसम्मको अवधिमा ९८ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीज्यूले बताउनुभएको  छ । उद्धार हुनुभएकामा २७ महिला र ७१ पुरुष रहनुभएको छ ।

मेची–महाकाली उद्धार टोली बिहीबार तिलोत्तमा, सिद्धार्थनगर, लुम्बिनीबाट  सैनामैना क्षेत्रका विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहनुभएका मानवहरुको उद्धार तथा सेवामा रहने कार्यक्रम तय भएको छ ।

राष्ट्रिय उद्धार यात्राका क्रममा विभिन्न ठाउँबाट उद्धार हुनुभएका अधिकांश घरपरिवारबाट अपहेलित भई सडकमा मागेर खाँदै कष्टकर रुपमा जीवन चलाईरहेको अवस्था देखिन्छ भने कतिपयको परिवार भएर पनि बेखर भएको,  पारिवारिक समस्याका कारण सडकमा बवारिसे अवस्था बाँच्नु परेको  र धेरै जना कुलतमा फसेको अवस्था देख्न सकिन्छ । साथै मानसिक अवस्था पनि कमजोर देखिएको हुँदा उहाँको  मानवोचित व्यवस्थापनको लागि आश्रमलले मात्र काम गर्न नसक्ने हुँदा यसतर्फ तीनै तहका सरकार र सरोकारवाला निकायको ध्यान जान आवश्यक छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार