हल्दिबारी गाउँपालिका वडा नं. ४ लक्ष्मी चोकका अनन्त बास्कोटाको झुण्डीएको अवस्थामा मृत फेला परेको  छन् ।

४८ वर्षीय बास्कोटा स्थानिय डोलेश्वर शिवाकोटीको घरमा बस्दै आएका उनी परिवारको कोही नभएको समयमा दिउँसो १२:३० बजे मृत फेला परेका थिए ।

घटनास्थलमा जलथल प्रहरी चौकीका इन्चार्ज ओमराम पौडेलको नेतृत्वमा प्रहरी टोलीले सुरक्षा व्यवस्था मिलाएको छ भने जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थलमा आउने क्रममा छ। घरको पूर्वपट्टि रहेको कोठामा ढोका बन्द गरि झुण्डीएको अवस्थामा उनको शव फेला परेको बताएकाे छ ।

झ्यालबाट हेर्दा आत्महत्या गरेको देखिएको र पासोका लागि प्रयोग भएको बासका टुक्राहरू तल झरेको पनि देखिएकाे जलथल प्रहरी चौकीका इन्चार्ज ओमराम पौडेलले जानकारी दिएका छन् । बास्कोटा ३ छोरी, २ छोरा, र एक श्रीमतीका साथ बस्दै आएका थिए।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
1
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार