सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप अनुसन्धानका लागि प्रहरीलाई सात दिनको म्याद दिएको हो।

यसअघि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गरिएको थियो, जसको अवधि समाप्त भएपछि उनलाई पुनः अदालतमा म्याद थपका लागि उपस्थित गराइएको थियो।

लामिछानेमाथि सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ र यस क्रममा प्रहरीले थप समय माग गरेको हो। यो मुद्दाले ठूलो जनचासो र चर्चा पाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार