हल्दिबारी माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत एक विद्यार्थी आफ्नै घरमा झुण्डीएको अवस्थामा मृत फेला परेका छन् ।

हल्दिबारी गाउँपालिका वडा नं. २ जिवनबारी निवासी कृष्ण राजवंशीका छोरा अन्दाजी १३–१४ बर्षका राहुल राजवंशी रहेको प्रहरीले जनाएको छ ।

हल्दिबारी माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत राजवंशी आफ्नै घरमा आज बिहिबार साझ ५ः३० बजे झुण्डीएको अवस्थामा मृत फेला परेपछी परिवारले प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा स्थानिय जनप्रतिनिधि, हल्दिबारी प्रहरी चौकीका इन्चर्ज सहितको टोलीले घटना स्थलको सुरक्षा गरि रहेको छ भने जिल्ला प्रहरी कार्यालय झापाको अनुसन्धान टोली घटना स्थलमा पुगि सकेको स्थानिय प्रहरीले जानकारी दिएका छन् ।

आजै मात्र हल्दिबारी ४ मा समेत अन्दाजी ४८ बर्षिय अनन्त लाल बास्कोटा समेत झुण्डीएको अवस्थामा मृत फेला परेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
5
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार