नेपाल रेडक्रस सोसाइटी हल्दिबारी उपशाखाको २१ औं साधारण सभा कोशी प्रदेश सभा माननिय छविलाल चुडालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

शाखाका सभापति कर्णखर प्रसाईंको अध्यक्षतामा भएको साधारण सभाले उपशाखाको निति तथा कार्यक्रम तथा आय व्याय समेत अनुमोदन गरेको छ । २०५० सालमा स्थापना भएको उपशाखामा ४ जना विशिष्ट सदस्य सहित २५६ जना आजिवन सदस्य रहेका छन् ।

साधारण सभाको अवसरमा उपशाखाले जेष्ठ नागरिक रेडक्रसकर्मीहरु श्याम प्रसाद न्यौपाने र बेद कुमारी नेपाललाई सम्मान गरेको थियो । हल्दिबारी गाउँपालिका १ र २ वडामा रहेका ११ वटा विद्यालयमा जु.रे.स. र यु.रे.स. सर्कल गठन गरेको उपशाखामा हल्दिबारी मा.वि. का पुर्व शिक्षक भिम बहादुर श्रेष्ठ, समाजसेवी कृष्ण प्रसाद प्रसाईं र तुलसी प्रसाद ओलीले नेपाल रेडक्रस सोसाइटीको विशिष्ट सदस्यता प्रदान गरिएको उपशाखाका सभापतिले आफ्नो प्रतिवेदनमा उल्लेख गर्नु भएको छ । कोशी प्रदेश माननिय छविलाल चुडालको पहलमा कोशी प्रदेश सामाजिक विकास मन्त्रालय मार्फत रेडक्रसको सभाहल बनाउन २० लाख विनियोजित भई टेण्डर प्रकियामा गएकोमा माननिय चुडाललाइ साधारण सभाले धन्यवाद ज्ञापन समेत गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि माननिय छविलाल चुडाल, हल्दिबारी वडा नं. २ का वडा अध्यक्ष शुकलाल राजवंशी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कोषाध्यक्ष ओम प्रकाश गौतम र नेपाल रेडक्रस सोसाइटी जलथल शाखाका सभापति रेम प्रसाद खरेलले रेडक्रसका गतिविधिका बरेमा चर्चा गर्दै शुभकामना मन्तव्य राख्नु भएको थियो ।

उपशाखा सभापति कर्णखर प्रसाईंले उपशाखाले गरेको गतिविधिमा साधारण सभालाई जानकारी गराउनु भएको थियो भने कोषाध्यक्षको प्रतिवेदन सचिव हरिकृष्ण अधिकारीले प्रस्तुत गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य कार्य समिति सदस्य पुस्तकराज नेपालले गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण सचिव हरिकृष्ण अधिकारीले गर्नु भएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार