११ कार्त्तिक, कपिलवस्तु । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राकाे तेह्रौँ दिन शनिबार ६ जना सडकअाश्रित मानवहरुकाे उद्धार गरिएकाे छ ।
‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने नारासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएकाे हाे ।
शनिबार रुपन्देहीकाे बुटवल महानगरपालिका-६ बाट २ जना, कपिलवस्तुकाे बाणगंगा नगरपालिका-१ बाट १ जना र बुद्धभुमी नगरपालिका-२ बाट ३ जना गरि ६ जनाकाे उद्धार भएकाे छ । उद्धार गरिएका उहाँहरु ६ जनालाई हिजो नै मानवसेवा आश्रम तिलाेत्तमा सेवाकेन्द्रमा संरक्षणकाे लागि लगिएकाे छ ।
उद्धार टाेली शनिबार कपिलवस्तु, ताैलिहवा, कृष्णनगर, बुद्धभूमि क्षेत्रका विभित्र स्थानका सडकपेटी/सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहनुभएका मानवहरुकाे उद्धार सेवामा खटिएकाे हाे ।
असाेज २८ गते झापाकाे मेचीनगरदेखि सुरु भएकाे यात्राकाे  शनिबार तेह्राे दिनसम्मकाे अवधिमा १२६ जना सडकअाश्रित मानवहरुकाे उद्धार गरिएकाे मानवसेवा अाश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीज्यूले बताउनुभएकाे  छ । उद्धार हुनुभएकामा २९ महिला र ९६ पुरुषकाे सङ्ख्या मध्ये २ जना बालिका र १ जना बालक पनि रहेका छन् ।
अाइतबार मेची-महाकाली उद्धार टाेली दाङकाे भालुवाङ, लमही क्षेत्रका विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहनुभएका मानवहरुकाे उद्धार तथा सेवामा रहने कार्यक्रम रहेकाे छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार