काठमाडौं । थाइल्याण्डको बैंककबाट काठमाडौं आउँदै गरेको थाइ एयर एसियाको विमान नेपाली आकाशमा होल्ड गरिएको छ। स्थानीय समय अनुसार बिहान ११:५० मा बैंककबाट उडेको यो विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको अनुमति नपाएको कारण होल्डमा राखिएको हो। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार उडान अनुमति समाप्त भइसकेका विमानलाई अवतरण गराउन नदिने नीतिअनुसार यो निर्णय गरिएको हो।

विमानस्थलको नियमअनुसार उडान अनुमति नभएको विमानलाई डाइभर्ट गर्नुपर्ने प्रावधान छ, तर नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले यसलाई अवतरण गर्न दिनुपर्ने सुझाव दिइरहेका छन्। यो विषयमा अवतरण अनुमति दिने वा विमानलाई डाइभर्ट गर्नेबारे अन्तिम निर्णय अझै बाँकी रहेको बताइएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार