‘दिव्य दृष्टि’ पुस्तककाे साेन्दर्य र टर्राे अन्तर्कथा !
नकुल काजी :
साहित्यमा समाजकाे अनुहार बिम्बित हुनु पर्दछ, चाहे त्याे सुन्दर हाेस् वा असुन्दर । याे स्थापित परम्परागत विश्व-मान्यतामाथि अहिले ‘आधुनिकता’-काे प्रकाेप क्रमशः बढ्दै गएकाे छ । यसलाई के भनेर बाेधगम्य व्याख्या गर्ने भन्ने विषय पनि अक्करिलाे बनी भिमलाउँदै गएकाे अवस्था छ अहिले । किनभने, ‘मान्छेकाे विचार अन्तर्राष्ट्रिय’ हुँदै गएकाे सेराेफेराेमा नेपाल चाहिँ त्यसबाट अछुताे रहने कुरै भएन । अतः माया-प्रीतिका गाथा सम्माेहक हुनु मानव-मनाेविज्ञानकाे एउटा यथार्थ त हुँदै हाे नै । अहिलेकाे राजनीतिक परिवेशद्वारा परिवेष्टित समाजकाे रुचिले धनी र गरीबकाे वैभिन्न्यका फलाकाेले भरिभराउ लेखनलाई ‘साहित्य’ मान्ने एकथरि चलन छ । अथवा, शाेषक र शाेषितका भावनात्मक र भाैतिक द्वन्द्वका कथा-व्यथा इत्यादिलाई नै अधिकतर ‘साहित्य’-काे परिभाषामा काेच्ने गरिँदैछ । समाजलाई शिष्ट र सभ्य जीवनकाे बाटाे देखाउने किसिमकाे साहित्य उत्सर्जित हुनुपर्छ भन्ने भावभूमिमाथि उभिएकाे साहित्यिक कृतितर्फ पाठक-समाजकाे प्रेरणाप्रद खायस हुन कम हुँदै गएकाले त्यतातिर त्यस्ताे भावमार्गी कलमकर्मीहरूका उत्साह पनि टाक्सिँदै गएका छन् । यसरी ‘साहित्य’ समग्रमा पुस्तककाे शाेभा मात्रमा सीमित हुने दिशातर्फ अग्रसर भइरहेकाे भान हुन्छ ।
अत्यन्तै घातक स्वरूपमा फैलिरहेकाे लागू पदार्थकाे प्रयाेगबाट ‘देशका भावी कर्णधार’ कलिला किशार-किशाेरी, युवा-युवतीदेखि वयस्कहरू समेतलाई कसरी गाँज्दै लगेकाे छ भन्ने यथार्थ सबैका सामू नाङ्गाे छ । यसकाे नालीबेलीसहित याे समस्याकाे निदान र समाधानका विश्वस्त उपायहरू समेटिएकाे पुस्तक ‘दिव्य दृष्टि’ प्रकाशमा आएकाे छ । लागू पदार्थ र लागू ओैषधकाे व्यसन विरुद्धकाे अभियानमा विगत दुई दशकदेखिका परिचित र सक्रिय अभियन्ता इन्द्रप्रसाद ओलीकाे साे पुस्तक गएकाे अशाेज १९ गते एक भव्य समाराेहमा लाेकार्पण पनि भइसकेकाे छ । तर, झापाका एकाधबाहेक अधिकांश अखबारहरू र श्रव्य एवम् श्रव्यदृश्य सूचना माध्यमहरूले उक्त पुस्तककाे समाज-सम्पृक्त ओजन बारे थाहा पाएर पनि केही भन्ने सदाशयसम्म पनि राखेकाे पाइएन । पुस्तक लाेकार्पण भएकाे भाेलि र पर्सिसम्मका सूचना माध्यमहरूले कुनै-कुनै सहकारीमा बचतकर्ता पुरस्कृत भएका वा प्रहरीले अपराधका अभियुक्त पक्रेका समाचारहरू आफ्ना पन्ना र समयमा अँटाएका देखिए । तर, झापाकै र झापालाई गाैरवान्वित तुल्याउने समाज सुधारलक्षित अभियानका चिन्हित अभियन्ताकाे ठूलाे खाेज-अनुसन्धान, तथ्याङ्क संकलन, सरकारी अभिलेखहरूकाे उजागर र अनुभवकाे घाेलनबाट उत्पादित पुस्तक प्रकाशन अँटेन । वस्तुतः यसाे हुनु सूचनासेवा (पत्रकारिता)-काे सारभूत सिद्धान्त अनुकूल थियाे वा थिएन – आत्मालाेचनाकाे विशेष विषय त हुँदै हाे ।
सरकारले पटक-पटक बनाएका ऐन, निर्देशिका, कार्यविधिहरू, अनेक खर्च भुटेर संकलित तथ्याङ्कहरू मन्त्रालय र विभागीय फाइलहरूमा काेचेर राखेकाे पाेल याे पुस्तकले खाेलेकाे छ । अझ थप उदेकलाग्ने विषयकाे याे पुस्तकले फाेटाेकपी नै यस्ताे प्रस्तुत गरेकाे छ :- ” नेपाल सरकार, गृह मन्त्रालयकाे मिति २०७६/०१/ २९ काे निर्णयानुसार नयाँ शासकीय संरचना अनुरूप समुदायस्तरदेखि नै स्वस्थ, सभ्य, सदाचारी र अपराधमुक्त समाज निर्माण गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न सबै तहका सरकारबाट लागु ओैषध राेकथाम र नियन्त्रण कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै सबै स्थानीय तहहरूलाई आ-आफ्नाे जिम्मेवारी अनुरूप संघीय र प्रादेशिक नीति तथा कानूनसँग तादात्म्य मिलाई प्राथमिकताका साथ अभियानकाे रूपमा सञ्चालन गर्ने व्यवस्था गर्न मन्त्रालय मार्फत सबै स्थानीय तहमा परिपत्र गर्ने निर्णय भएकाे व्यहाेरा अनुराेध छ । स्वीकृत ‘लागु ओैषधकाे नियन्त्रण र राेकथाम सम्बन्धी कार्यक्रम सञ्चालन सम्बन्धमा स्थानीय तहलाई मार्गदर्शन २०७६” यसैसाथ संलग्न राखी पठाइएकाे छ । याे मार्गदर्शन अनुरूप लागू ओैषध राेकथाम तथा नियन्त्रण सम्बन्धमा सबै स्थानीय तहहरूलाई वा आफ्नाे नीति, याेजना, कार्यक्रम र बजेट समन्वयात्मक रूपमा निराेधत्मक तथा प्रबर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न परिपत्र गरिदिने व्यवस्थाकाे लागि निर्णयानुसार अनुराेध छ ।”
उपर्युक्त परिपत्रकाे पुछारमा देशका सबै जिल्ला प्रशासनलाई “मार्गदर्शन कार्यान्वयन गर्नका लागि निरन्तर रूपका स्थानीय तहहरूसँग समन्वय गर्ने ” आदेशका साथ बाेधार्थ पनि दिइएकाे छ ।
उल्लिखित परिपत्र उक्त निर्णय भएकाे दुई दिनपछि अर्थात् २०७६ /०१/३१ गते मन्त्रालयमा टाइप गरेर शाखा अधिकृत सुजता खत्रीकाे दस्तखत र च.नं. ७५४ धस्काएपछि आज पाँच वर्ष हुनलाग्दासम्म कतै नपठाई फाइलकाे काेक्राेमा हालेर सिंहदरवारकाे वातानुकूल काेठामा सुताइराखेकाे अवस्थामा फेला पारेर याे पुस्तक ( ‘दिव्य दृष्टि’)-मा ब्यूँझाइएकाे पाइन्छ । अतः देशकाे शान्ति-सुरक्षाकाे उपल्लाे जिम्मेवार मन्त्रालयभित्रै यस्ताे अन्यथा अर्थ लागेर डुङ्ग गन्हाउने गेजु हुन्छ भने लागू पदार्थका व्यापारी- साहूहरू किन नपन्पाउन् भन्ने अवधारणा लेखकबाट प्रस्फुटित भएकाे हुनसक्छ । यस्ता कडा-नरम दुई दर्जन सरकारी छलछामका पाेल याे पुस्तकले खाेलेकाे छ । अन्तर्राष्ट्रिय जगतलाई नै उद्विग्न र भयभीत तुल्याइरहेकाे लागु पदार्थ दुर्व्यसनकाे डरलाग्दाे डढेलाेले देशका नयाँ पिँढिलाई विनाशतिर धकेलिरहेकाे देखी-देखी राज्य- दायित्वकाे माथिल्लाे निर्वहन तहमै यस्ता-यस्ता चाैपट्टै भद्दा क्रियाकलापका तस्वीर सप्रमाण याे पुस्तकले काला अक्षरले आँकेकाे छ । याे लगभग २ कराेड ९३ लाख कुल जनसंख्या भएकाे मुलुकका लगभग ८० लाख ऊर्जावान युवा-वयस्कहरू विदेशिइसकेका छन् । यहाँ रहेका किशाेर-नवयुवाहरूलाई याे भूसकाे आगाेरूपी कुलतले घेर्ने समस्यालाई बेराेक छाेडिदिने हाे भने देश याे दशक पार नगर्दै कि त ‘नमरी बाँचेका’-हरूकाे बृद्धाश्रम बन्नेछ नत्र देश अन्तर्राष्ट्रिय सीमारेखाभित्रकाे माटाे मात्रमा सीमित हुनेछ । देशकाे परिभाषामा सम्पृक्त सबै अवयवहरू अर्थहीन हुनेछन् । लागु पदार्थकाे दुर्व्यसन विरुद्ध अथक अभियन्ता इन्द्रप्रसाद ओलीकाे याे पाँचाै पुस्तकाकार कृति ‘दिव्य दृष्टि’-ले यही सन्देश हाम्राे समाजमाथि प्रक्षेपण गरेकाे बुझिनु पर्दछ । त्यसैले यसलाई “सबैले पढ्नैपर्ने पुस्तक” भनिएकाे हाे ।