भद्रपुर । कोशी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री भूमिप्रसाद राजवंशीलाई गृह क्षेत्र भद्रपुरमा सम्मान गरिएको छ ।
मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृह क्षेत्र भद्रपुरमा पहिलो पटक नेपाल ख्रिष्टियन समाज झापा ३ नम्बर क्षेत्रीय समितिले राज्यमन्त्री राजवंशीको कार्य सफलताको कामना गर्दै भव्य सम्मान गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री राजवंशीले सवै जात, धर्म र संस्कृतिको सहअस्तित्व नै वर्तमान राज्य व्यवस्थाको मूल विशेषता रहेको बताउँदै कही कसैले विभेद र अन्याय सहनु नपर्ने धारणा राखेका थिए ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1