(फाइल तस्विर) हल्दिबारी, २१ कात्तिक । हिन्दू धर्मावलम्बीहरुको दुई ठूला महत्वपूर्ण चाड दशैं र तिहार सकिए लगत्तै झापाको हल्दिबारीमा पनि छठ पर्वको चहलपहल सुरु भएको छ ।

हल्दिबारीका विभिन्न नदी, पोखरी र खोला–किनारहरूमा छठ पर्वको लागि घाट निर्माण र सजावटका काम सुरु भएको देख्न सकिन्छ ।

हल्दिबारीका पारोखोपी देउनिया, कन्ठारघुटु कुर्मी बस्ती देउनिया , पाथीभरा धार्मिक तथा पर्यटकीय क्षेत्र , काजली पश्चिम् भुतेनी खोला र गोलधाप स्थित अदुवाखोला लगायतका नदीहरूलाई दुलही झैँ सिँगारिने क्रम हिजोदेखी सुरु भएको देख्न सकिन्छ ।

काजली छ्ठपुजा समितिका अध्यक्ष राजकिशोर शाहका अनुसार अनुसार हल्दिबारीका यी नदि खोला ,पोखरीमा करिब २ सह घाट निर्माण भइ रहेका छ्न्।

हल्दिबारी गाउँपालिकाको केही सहयोग र घाट व्यवस्थापन समितिले हरेक वर्ष घाट निर्माण गर्दै आएको शाहको भनाइ छ । हल्दिबारीका छठ केन्द्रहरुमा करिब २५ हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ ।

हल्दिबारी गाउँपालिकाले स्थानीय प्रशासनसँग समन्वय गरेर छठ पर्वलाई व्यवस्थित गर्न सुरक्षा व्यवस्था मिलाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले जानकारी दिनु भयाे ।

हल्दिबारीकै सबैभन्दा ठूलो छठ पूजा भुतेनी खोलामा लाग्दै आएको छ भने सालिन्दा झै यस बर्षपनी विविध सास्कृतिक कार्यक्रम सहित पुजाको आयोजना गरिएको काजली छठ पुजा समितिले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार