झापाको बुद्धशान्ति-४ का चार जना युवाहरुले तिहारको अवसरमा देउसी खेलेर जम्मा गरेको रकम क्यान्सर पीडितको उपचारमा सहयोग पुर्याएका छन्। यस वर्ष तिहारमा देउसी खेलेर संकलन गरिएको रकम १०,६२०/- (दस हजार छ सय बीस) रुपैयाँ ४ वर्षीया क्यान्सर पीडित बच्चाको परिवारलाई हस्तान्तरण गरिएको हो।

रोशन कटुवालका अनुसार, देउसीबाट प्राप्त रकम रमाइलो र भ्रमणको लागि ननिकाली, समाजका पीडित सदस्यलाई सहयोग पुर्याउने उद्देश्यले यो निर्णय गरिएको हो। यस पहलले समाजमा सकारात्मक सन्देश फैलाएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार