काठमाडौं – गौरवमय इतिहास बोकेको राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) ले २७ पुरा भएर २८ औं वर्षमा प्रवेश गरेको छ। फोटो पत्रकारहरुको २०५३ मा स्थापना भएको यस संस्था देशकै पहिलो र ठूलो संगठन हो । फोटो पत्रकारहरूको व्यावसायिक हकहित, पेशागत सुरक्षा, क्षमता विकास र फोटो पत्रकारिताको विकासका लागि संस्था सक्रिय रहेको छ।

सोहि अवसरमा संस्थाले आज खानेपानी मन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यतामा अग्रज फोटो पत्रकारको उपस्थितिमा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

५ विधामा हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान, प्रेसिडेण्ट अवार्ड, माधव थापा साहसिक फोटो पत्रकारिता पुरस्कारबाट सम्मानित हुनेहरूको नामसमेत टुङ्गो लगाएको छ।

कार्यक्रममा फोटो पत्रकारहरूलाई विभिन्न विधामा प्रदान गरिने हरिगोपाल प्रधान पुरस्कार तथा पदक, माधव थापा साहसिक फोटो पत्रकार पुरस्कार, कार्यसम्पादनको आधारमा संस्थाको अध्यक्षबाट प्रदान गरिने प्रेसिडेन्ट अवार्ड र उत्कृष्ट जिल्ला शाखाको सम्मान गरिनेछ । साधारण सभासंगै आजै संस्थाको १३ औं अधिवेशन पनि हुनेछ। आज हुने अधिवेशनले १५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ।

नयाँ नेतृत्वको लागि अध्यक्षमा प्रदीपराज वन्त, वरिष्ठ उपाध्यक्षमा सागर श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुशील श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठको उम्मेदवारी परेको छ भने सचिवमा सुनिल शर्मा र प्रविन कुलुङ राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठले उम्मेदवारी दिएका छन्।

त्यस्तै केन्द्रीय सदस्यहरूमा मुकुन्द कालिकोटे, रमिता छुँजु,हरिश सिंह नगाल, दिपेन्द्र महर्जन, अनुप प्रधान, सागर बस्नेत र शंकर भुजेलको उम्मेदवारी परेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार