झापा, कार्तिक २४ । प्रहरीले झापा र मोरङ जिल्लाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले झापा, कमल गाउँपालिका-५, पाडाजुगी बजारमा चेकजाँचको क्रममा २५ वर्षीय विष्णु राजवंशीको साथबाट प्रतिबन्धित औषधी स्पाईसनेस १०८ पिस, ट्रामाडोल ८० पिस र एन्टिकफ २४ पिस फेला पारेको हो।

यसैगरी, मोरङको अस्थायी प्रहरी पोष्ट बलिया टोलीले गोप्य सूचनाको आधारमा मोरङ, सुन्दरहरैचा-४ का ४२ वर्षीय राजु राईलाई लागुऔषध ब्राउन सुगर ४२ मिलिग्रामसहित पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार