हल्दिबारी गाउँपालिका वडा नं. १ गोल्धाप बजारमा रहेको नेपाल क्लिनिकको शौचालयमा नवजात शिशु मृत फेला परेको वडा अध्यक्ष देवी बहादुर थापाले जानकारी दिनु भयो ।

बिरामि भएर उपचारका लागी आएकी एक अपरिचित महिलाले शौचालयमा छोरा जन्माई मृत बच्चा शौचालयमै छाडेर फरार रहेको र उनको खोजतलासी भई रहेको अध्यक्ष थापाले जानकारी दिनु भयो ।

स्थानिय, जिल्ला प्रहरी र गाेलधाप प्रहरी लगायतको टोलीले उक्त महिलाको खोजी कार्य भई रहेको र सिसि क्यामेराको फुटेजबाट उनलाई पहिचान गर्न क्यामेराको फुटेज निकाली अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
5
+1
0
+1
0
+1
18
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार