हल्दिबारी, कार्तिक २६ । भद्रपुर नगरपालिका वडा न.१० त्रिवेणी टोल स्थित धनुष मोडमा मोटरसाइकल दुर्घटनामा परेका हल्दिबारीका एक युवाको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका वडा नं. १० स्थित धनुष मोडमा २०८१ सालको कार्तिक १८ गते साँझ १९:१५ बजे मे ६ प ३०७७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा हल्दिबारी गाउँपालिका वडा नं. २ का २१ वर्षीय सुमन मर्डी गम्भीर घाइते भएका थिए। उनलाई तुरुन्तै प्रदेशिक अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको थियो।

घाइतेको अवस्था गम्भीर हुँदै गएकाले सोही दिन राति २१:३० बजे बिर्तामोडको B&C अस्पतालमा रिफर गरिएको थियो। थप उपचारको लागि कार्तिक २३ गते उनका आफन्तहरूले उनलाई भारततर्फ लग्न खोजे तर उपचार सम्भव नभएको जनाउँदै उनलाई पुनः घरमा ल्याइएको थियो। त्यसपछि २५ गते न्युरो अस्पताल, विराटनगरमा सामान्य उपचार गराई पुनः घरमै राखिएको अवस्थामा हिजो राति १२:३० बजे सुमन मर्डीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
3
+1
0
+1
0
+1
28
+1
3

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार