पाथिभरा केबलकार निर्माणका सम्बन्धमा भएको झडपका क्रममा खुकुरी प्रहारबाट सर्वसाधारण अर्जुन प्राङदेन लिम्बू घाइते भएका छन्। उनी हाल झापाको बी एण्ड सी अस्पतालमा उपचाररत छन्।
झडपमा केबलकार निर्माण पक्षका व्यक्तिहरूले खुकुरीजस्ता हतियार प्रयोग गरेको बताइएको छ। यो घटनामा घाइते भएका अर्जुन कुनै पनि पक्षसँग प्रत्यक्ष रूपमा सम्बन्धित नभएर सर्वसाधारण नागरिक भएको पुष्टि भएको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1