फिक्कल । इलामको सूर्योदय नगरपालिका वडा नं ९ स्थित पायुल ज्याङछयुब दार्ग्येलिङ गुम्बा आगामी नवंबर १६ शनिबार विधिवत रूपमा समुदघाटन हुने भएको छ । फरपिङ गुम्बा काठमांडू बस्ने धर्मगुरु महापण्डित खेन्छेन नमड्रोल छिरिङ रिन्पोर्छेको बाहुलीबाट गुम्बा समुदघाटन हुनेछ।
नयाँ गुम्बामा पापकर्मको शोधन, पाप प्रयासचितका लागि साधान गर्ने भगवन दोर्जे शेम्पाको प्रतिमा , रोग कष्ट, दु:ख हरण , सुख शान्ति प्राप्तिका निम्ति गुरु पद्म सम्भव गुरु रिपोर्छे र विश्व शान्ति तथा प्राणी हितको निम्ती आर्य अवलोकितेश्वर फाक्पा चेन्द्रजिक्गको प्रतिमा स्थापित गरिएको छ । विश्व शान्ति , सर्वप्राणी हित र सुख शान्ति प्रातिका लागि गुरुयोग विधिबाट २०२४ नवंबर १४ र १५ मा पूजा गरिनेछ । नवंबर १६का दिन औपचारिक कार्यकमको विच गुम्बा उद्धघाटन गर्दै रिपोर्छेबाट वाङ अविशेक प्रदान गर्ने कार्य रहेको छ।
यस गुम्बा बौद्ध दर्शन र धार्मिक आध्यामिक ज्ञानलाई संरक्षण तथा बौद्ध मार्गिहरुलाई बुद्धको शिक्षा प्रदान गर्ने उदेश्य सहित १९८४ मा स्थापन भएको थियो । पञ्चायतकालिन इतिहास बोकेको यस गुम्बा गोर्खे गाउँ पञ्चात धाप निवासी धर्मगुरु साङ्गे लामा र तत्कालिन समयका यस क्षेत्रका समाजसेवी धर्मानुरागी काजी पदम चन्द्रले जग्गा उपलब्ध गराइ थर्पालिङ्ग नामक गुम्बा स्थापना गर्ने कार्य भएको थियो । हाल उक्त गुम्बा पायुल ज्याङछयुब दार्ग्येलिङ गुम्बा नामकरण भई तीन करोड भन्दा माथिको लागतमा पुन निर्माण भएको हो। कोशी प्रदेश सरकार तर्फबाट पन्ध्र लाख , स्थानिय सरकार सूर्योदय नगरपालिकाको तर्फबाट पाँच लाख , सूर्योदय नगरपालिका वडा नं ९ निवासी स्व. लामा योन्तेनको तर्फबाट एक करोड र बाँकी पेनोर रिम्पोर्छे बुद्ध धर्मवालम्बी समाज नेपालको लगानीमा गुम्बा निर्माण भएको हो। गुम्बा निर्माणका क्रममा अपुग जग्गा सूर्योदय नगरपालिका वडा नं ९ निवासी किसान तामाङ्ग , कृष्ण तामाङ, रजनी लामा काजी र गजेन्द्र ( कर्म ) काजीले प्रदान गर्नु भएको थियो ।