प्रदेश सरकार, स्थानीय तह, र करुणा फाउण्डेशनको त्रिपक्षीय साझेदारीमा झापाका १५ वटै पालिकामा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम सञ्चालनमा आएको छ। यस कार्यक्रमले जिल्लाभर अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार्ने उद्देश्य राखेको छ।

यो अभियान मंसिर २ गतेदेखि शिविरहरूको माध्यमबाट अघि बढ्नेछ, जसमा स्वास्थ्य परीक्षण, सहायक सामग्री वितरण, कृत्रिम अंगको नापजाँच, विद्यालय भर्ना, र परिचय–पत्र वितरण जस्ता सेवा समावेश छन्। करुणा फाउण्डेशनका वरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाका अनुसार तीन वर्षे कार्ययोजना अन्तर्गत सबै पालिकासँग सम्झौता गरी कार्यक्रम सञ्चालन भइरहेको छ।

पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले लक्षित समुदायको हितमा बजेट खर्च गर्नुपर्ने आवश्यकता औंल्याए भने राष्ट्रिय अपाङ्गता महासंघका केन्द्रीय सदस्य दीपक बोहोरा र कोशी प्रदेश अध्यक्ष नविन ढुंगेलले कार्यक्रमबारे सञ्चारकर्मीहरूको जिज्ञासामा जानकारी गराउनु भएको थियो।

यस कार्यक्रमले नवजात शिशु तथा १० वर्षमुनिका बालबालिकामा सम्भावित अपाङ्गताको पहिचान र व्यवस्थापन गर्दै अपाङ्गता भएका व्यक्तिहरू र उनीहरूको परिवारको जीवनस्तरमा सुधार ल्याउने लक्ष्य राखेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार