झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं. १२ कालीझोडामा बस्ने २७ वर्षीय पवन राईलाई हिजो बुधबार राती ११:२० बजे प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेको प्रहरीले जनाएकाे छ।

प्रहरीले गोप्य सूचनाका आधारमा प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले राईको घरमा छापा मार्दा, उनको साथबाट प्लास्टिक सहित २.७५० ग्राम ब्राउन सुगर फेला पारेको थियो । प्रहरीले राईला नियन्त्रणमा लिई आवक्कयक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जिल्ला प्रहरी झापाका प्रवक्ता डिएसपी कृष्ण कुमार चन्दले जानकारी दिनु भयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार