इलाम । इलामको सूर्योदय नगरपालिका-१४, सिम्ले साकाले खोलामा एक अर्धकट्टी शव फेला परेको छ। बुधबार स्थानीयले माछा मार्ने क्रममा खोलाको ढुङ्गाको चेपमा कम्मरदेखि तलको भाग मात्र देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रत्यक्षदर्शीका अनुसार, शवको माथिल्लो भाग पूर्णरूपमा छुटेको र अत्यधिक कुहिएको अवस्थामा फेला परेको हुँदा शवको पहिचान गर्न कठिनाइ भएको छ।
घटनास्थलमा पशुपतिनगरबाट प्रहरी टोली पुगेको छ, र प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ। शवको पहिचान र घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।