झापा । झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. ७ स्थित बिरिङ खोलामा अवैध रुपमा नदीजन्य पदार्थ गिटी र बालुवा उत्खनन गरिरहेको अवस्थामा ९ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएका छन्।

आन दिउँसो २ बजे शनिश्चरे प्रहरी चौकीबाट खटिएको प्रहरी टोली, सुरक्षा बेस शनिश्चरेबाट खटिएको सशस्त्र प्रहरी टोली, र अर्जुनधारा नगरपालिकाबाट खटिएको नगर प्रहरीको संयुक्त टोलीले ट्याक्टरहरू फेला पारी नियन्त्रणमा लिएका हुन्।

उक्त ट्याक्टरहरूमा मे १ त ५३२६, मे १ त ७५२९, प्र.१-०१-००१ त ९३००, मे १ त ८४२०, मे १ त ८८६६, मे १ त ६०८०, मे १ त २४८३, मे १ त ७२९४ र एकको तत्काल नम्बर नखुलेको ट्याक्टर रहेका छन्। पक्राउ परेका ट्याक्टरहरूलाई आवश्यक कारबाहीको लागि अर्जुनधारा नगरपालिकाको कार्यालयमा बुझाइएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार