हल्दिबारी । लोक दर्शन बचत तथा ऋण सहकारी संस्था हल्दिबारी – २ को ९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष नारायण प्रसाद लुइँटेलको अध्यक्षता एवं वडा अध्यक्ष सुकलाल राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न बार्षिक साधारणसभामा संस्थाका कर्मचारी केशवराज दाहाललाई बिदाई सहित सम्मान गरेको थियोे भने असल बचतकर्ता हेमलाल राजवंशी, असल ऋणी दिनेश शाह, जेष्ठ सदस्य गंगा प्रसाद बानियाँ र मिठन राजवंशीलाई नगदसहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
अध्यक्ष लुईटेलले प्रस्तृत गरेको प्रतिवेदनअनुसार २०८०/२०८१ को आषाढ मसान्त सम्म ३५७ महिला र ४४७ जना पुरुष गरि ८०५ जना शेयर सदस्य रहेको उल्लेख छ ।
संस्थाको शेयरपुजी ४५ लाख ३७ हजार ३ सय रहेको छ भने बचत तर्फ १ करोड १६ लाख ७७ हजार २ सय १७ रुपैयाँ १५ पैसा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी संस्थाले १ करोड ७८ लाख ६ हजार ९ सय ४४ रुपैयाँ ऋण लगानी गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । त्यसै गरि अध्यक्ष लुइँटेलको प्रतिबेदनमा २०८०/२०८१ को आषाढ मसान्तसम्म नगद मौज्दात १ लाख ९६ हजार ५ सय ९६ रुपैयाँ ५६ पैसा साथै बैंक मौज्दात १४ लाख ९४ हजार ६ सय ३० रुपैयाँ ७३ पैसा रहेको उल्लेख छ ।
लोक दर्शन बचत तथा ऋण सहकारी संस्थाको साधारणसभालाई कार्यक्रमका प्रमुख अतिथि शुकलाल राजवंशी , एकता बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हरिकृष्ण अधिकारी , नेपाल रेडक्रस सोसाइटी हल्दिबारी उपशाखा सभापति कर्णाखर प्रसाईं, जयदुर्गा कृषि सहकारीका उपाध्यक्ष मकर दाहाल, संस्थाका पुर्व अध्यक्ष पर्शुराम बजगाई, सिग्मा अङ्ग्रेजी विद्यालयका सहायक प्रिन्सिपल नेत्र प्रसाद लुईटेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
संस्थाको प्रगति प्रतिवेदन अध्यक्ष नारायण प्रसाद लुइँटेलले प्रस्तृत गर्नु भएको उद्घाटन सत्रको सहजीकरण एवं स्वागत मन्तव्य सचिव सुर्यप्रसाद घिमिरेको रहेको थियो ।