झापा जिल्लाको बाह्रदशी गाउँपालिका वडा नं. ५ मा गम्भीर घटना घटेको छ। हिजाे राति ०९ बजेको समयमा बाह्रदशी गाउँपालिका वडा नं. ५ मा पुरानो रिसीवीका कारण भएको विवादले उग्र रूप लिएपछि २६ वर्षीय मान कुमार राजवंशीले फलामको रडले आक्रमण गरी छिमेकी गंगा लाल माझीको हत्या गरेका छन्।
घटनापछि घाइते माझीलाई उपचारका लागि बी एण्ड सी अस्पताल, बिर्तामोडमा लगिएको थियो। तर, उपचार सुरू गर्नु अघि नै चिकित्सकले उहाँलाई मृत घोषित गरेका थिए।
प्रहरी टोलीले आरोपित मान कुमार राजवंशीलाई घटनामा प्रयोग भएको फलामको रडसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय, अनारमनिमा राखी अनुसन्धान अघि बढाएको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1