हल्दीबारी, २ मंसिर । हल्दीबारी गाउँपालिका वडा नम्बर ५ ले बिउ बिजन सिलिङ मार्फत तोरी र आलुको बीउ किसानलाई बितरण गरेको छ ।

हल्दिबारी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष खड्ग लावतीका अनुसार हल्दिबारी ५ का किसलाई तेल र आलुमा आत्मनिर्भर बनाउन न ५०/५० प्रतिशत साझेदारी कार्यक्रम अन्तर्गत तोरी र आलुको विउ वितरण गर्न सुरु गरिएको हो ।

अध्यक्ष लावतीका अनुसार किसानलाई आन्मनिर्भर बनाउने उदेश्यले किसानलाई आवश्यक पर्ने प्राविधिक सहयोग देखी विउ विजन र कृषि औजारहरुको व्यवस्थापन समेत किसानको माग अनुसार वडाले गर्दै आएको छ ।

वडाको छुट्टै सिलिङ्ग बजेट मार्फत १६७५ केजी आलुको बीउ र १३५० केजी तोरीको बीउ किसानहरुको निवेदन अनुसार बितरण गरिरहेको वडा सचीव भजन संग्राैलाले जानकारी दिए ।

उनका अनुसार पालिकाले उपलब्ध गराएको ३०० केजि ततोरीको बीउ र ८० किलो गहुको बीउ समेत किसानलाई बितरण गरिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार