कविता: “सामन्तवाद”

मृत्युबाट डराएर
हरे राम भन्ने भक्तजनलाई उसले हेर्यो
“जो एक दिन त जाने हो संसार छोडेर….”
भन्ने भजनमा मन्त्रमुग्ध थिए।
मृत्यु सँग डराएर
मृत्युपश्चातको कल्पनामा डुबेका
भक्तजन भगवानको नामले
डरमुक्त थिए ।

उसले शास्त्र पल्टाएर ती सबैलाई भन्यो
तिम्रो भगवान सामन्ती छन
महादेवले इन्द्रको आशन जोगाइदिन
गोमा ब्राह्मणीलाई श्राप दिएर
आँफैले शिवशर्मा ब्राह्मण भएर
७० वर्षको वृद्धको ७ वर्षीया बालिका सँग
विवाह रचे
अनि जन्मिएको सन्तानलाई
हरीहरको दर्शन गराएर
लावण्यदेशको राजा बनाए।
सामन्तवादलाई भविष्यको सुखले
ढाकिदियो।

भक्तजनले बोले
“एक दिन त जाने हो संसार छोडेर….”
उसले नी बोल्यो
“बालै फरर….”

अर्जुन दाहाल
गाैरादह–३, झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार