झापा । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले आज, मंसिर २ गते, सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गर्दै सबै सरकारी कार्यालयहरूमा आधा झण्डा झुकाउने घोषणा गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकले पूर्वसभामुख ढुंगानाको निधनप्रति गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको जानकारी दिएका छन्।

दमननाथ ढुंगाना नेपालको राजनीतिक र संसदीय क्षेत्रमा एक प्रतिष्ठित व्यक्तित्व थिए। उनको योगदानलाई सम्मानस्वरूप सरकारले यो निर्णय गरेको हो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार