कविता: “चिहान”

के हो एक चिहान?
उसले बोल्यो
उसले मुख खोल्यो
चिहान एक व्यक्ति हो
एक व्यक्तिले अनुभव गरेको समय हो ।
जो उसको मालामिमा देखिन्छ
चिहान एक व्यक्तिको समाज हो।
जो श्रद्धाञ्जली अर्पण गर्न आउनेमा देखिन्छ ।
चिहान एक धर्म हो
जसले आभास गराउँदछ
की जो जन्मन्छ
उसले मर्नै पर्ने धर्म बोकेर आएको हुन्छ ।
चिहान एक गान हो
जसको संगीत आँशुले शंखमा फुकेर
संगीतका नोटेशन लेखेर सुनाउँदछ ।
चिहान एक अस्तु हो,
जुन लिन हुन चाहन्छ
ईश्वर संग,
त्यसैले उसले भक्तजनलाई बोल्यो
अस्तु र अस्तु थुपार्नुको साटो
विसर्जन गरिदेऊ
अस्तु नराख्दा
गरुड पुराणको भाका को एक वर्ष सम्म
पितृ कार्य गर्नु पर्दैन
किनकि शरीर परमात्मामा लिन भइसक्यो ।

अर्जुन दाहाल
गाैरादह–३, झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार