बनियानी । कचनकवल गाउँपालिका -६ बाट सशस्त्र प्रहरीले अवैध भन्सार छली ल्याएको लत्ताकपडा पक्राउ गरेको छ ।

सिमा सुरक्षा गुल्म घेराबारीबाट गुल्मपती सहायक प्रहरी नायब उपनिरीक्षक दिनेश कटुवालको नेतृत्वमा खटिएको २५ जनाको टोलीले कचनकवल – ६ का नजाम खातुनको घरबाट अबैध लत्ताकपडा बरामद गरेको प्रहरी बल नेपाल २ नम्बर गण हेड्क्वाटर झापाका सूचना अधिकारी सहायक प्रहरी नायब उपनिरीक्षक मदनकुमार रसाइलीले जानकारी दिनुभयो ।

सूचना अधिकारी रसाइलीका अनुसार खातुनको घरबाटै ६ पोकामा रहेको १२ लाख २० हजार ६ सय मुल्य बराबरको उक्त लत्ताकपडा पक्राउ गरि आवश्यक कानुनी प्रक्रिया पूरा गरि भन्सार पठाउने तयारी गरिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार