झापा, ७ मंसिर । झापा जिल्ला, मेचीनगर नगरपालिका, पुरानो मेचीपुल स्थितमा लागु-औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको एक व्यक्तिलाई शंका गरी चेकजाँच गर्दा मकवानपुरका आशाकाजी तामाङलाई प्रतिबन्धित लागु-औषध हेरोइन सहित पक्राउ गरेको छ ।
३१ वर्षका आशाकाजी तामाङले झोलामा प्लाष्टिक बिना १९ ग्राम ५७० मिलिग्राम र प्लाष्टिक सहित १८ ग्राम ६४० मिलिग्राम हेरोइन लुकाई छिपाई ल्याउँदै थिए।
उनलाई काकर्भिट्टा प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान कार्य सुरु गरिएको छ। यस घटनाले नेपालमा लागु-औषधको नियन्त्रण र रोकथामका लागि कडा कदम चाल्ने आवश्यकतालाई थप स्पष्ट बनाएको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1