काठमाडौं । काठमाडौं महानगरपालिकाले ललितपुरको च्यासलस्थित नेकपा (एमाले) केन्द्रीय कार्यालयलाई १ लाख रुपैयाँ जरिवाना गरेको छ। यो जरिवाना हिजो दरबारमार्गमा आयोजित जागरण सभा कार्यक्रममा जथाभावी फोहोर फालेर वातावरण प्रदूषण गरेको आरोपमा गरिएको हो।
महानगरपालिकाका मेयर बालेन शाहको नेतृत्वमा, फोहोरमैला व्यवस्थापन ऐन २०६८ र आर्थिक ऐन २०८१ अनुसार यो कदम चालिएको हो। यसले सार्वजनिक स्थल सफाइ र फोहोरमैला व्यवस्थापनको महत्त्वलाई उजागर गर्दै महानगर क्षेत्रभित्र नियम पालना गर्नुपर्ने सन्देश दिएको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1