कास्की, ९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। आज अदालतमा म्याद थपका लागि पेश गरिएका लामिछानेलाई न्यायाधीश भीमलाल बेलबासेको इजलासले म्याद थप गर्ने निर्णय गरेको हो।
यसअघि कार्तिक २५ गते थप गरिएको १३ दिने म्याद समाप्त भएपछि उनलाई पुनः अदालतमा उपस्थित गराइएको थियो। लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर मुद्दामा अनुसन्धान भइरहेको छ।
उनलाई पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेको छ। यो प्रकरणमा अन्य व्यक्तिहरूको पनि संलग्नताको आशंका गरिएको छ, र प्रहरी अनुसन्धान जारी रहेको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1