झापा, मंसिर १० । झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा नं. ६ स्थित बुट्टावारी चोकमा रहेको दीपक मोटरसाइकल वर्कसपमा अाज विद्युत सर्टका कारण आगलागी भएको छ।

हिजो साँझ ६:३५ बजेतिर सुरु भएको आगलागीले वर्कसपमा ठूलो क्षति पु¥याएको हो। वर्कसप सञ्चालक अर्जुनधारा नगरपालिका वडा नं. ११ का दीपक राजवंशीले मर्मतका लागि राखिएका सवारीसाधन र उपकरणहरूमा ठूलो नोक्सान भएको बताएका छन्।

अस्थायी प्रहरी चौकी बुट्टावारीलाई आगलागीको जानकारी ६:४० बजे प्राप्त भएको थियो। बिर्तामोड, भद्रपुर, र मेचीनगर नगरपालिकाका दमकल, प्रहरी टोली, र स्थानीयवासीको सक्रियतामा आगो साँझ ७:१५ बजे नियन्त्रणमा आएको थियो।

आगलागीबाट स्कुटर १ थान, सुपर स्प्लेन्डर मोटरसाइकल १ थान, एयर कम्प्रेसर, तथा विभिन्न मर्मत उपकरणहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार आगलागीका कारण करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

यो घटनामा कुनै मानविय वा चौपायाको क्षति नभएको र आगलागीको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार