झापाको मेचीनगर नगरपालिका वडा नं. ६ स्थित बाँसझ्याङ क्षेत्रमा अवैध रूपमा लुकाइछिपाइ राखिएको ठूलो परिमाणको लसुन बरामद भएको छ।
मिति २०८१।०८।११ गते राति करिब ८:३० बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ७०० केजी लसुन बरामद गरेको हो। उक्त लसुनको अनुमानित बजार मूल्य रु. ३,५०,०००।– रहेको छ।
लसुन कसले ल्याएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ। बरामद लसुनलाई आवश्यक कानुनी कारबाहीका लागि मेची भन्सार कार्यालय, काँकडभिट्टामा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1